शेयर बजारमा हरियाली, कारोबार रकम १ अर्ब ८८ करोड
वि.सं.२०८० साउन २४ बुधवार १५:१९
4.84K
shares
shares

काठमाडौं, २४ साउन । पछिल्लो समय लगातार रुपमा गिरावट आएको शेयर बजारमा आज भने दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको चौथो दिन आज बुधबार ४१ दशमलव ०६ अंकको सुधार आएको छ । आज ४१ अंकले बढेको शेयर बजार २०६० अशमलव ९१ विन्दुमा पुगेको छ ।
आज २६५ कम्पनीका ५० लाख १० हजार ७१६ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गको कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ७ दशमलव ४८ अंकको सुधार आएको सेन्सेटिभ इन्डेक्स ३९३ दशमलव ०५ विन्दुमा पुगेको छ ।


















