दोहोरो अकंले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ भदौ ५ शुक्रवार १५:१०
shares

काठमाडौँ, ५ भदौ । शुक्रवार शेयर बजार दोहोरो अकंले घटेको छ । शेयर बजार १०.६७ अंकले घटेर २६१८.७२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७० कम्पनीको शेयर मूल्य बढेको छ । १९८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब १६ करोड कारोबार भएको हो ।
दोहोरो अकंले घटेको शेयर बजारमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि हिमालयन ८०(२०का लगानीकर्ताले ४.७५ प्रतिशतका दरले कमाएका छन् भने एनआईबिएल ग्रोथ फन्डका लगानीकर्ताले ३.७७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका लगानीकर्ताले ३.२७ प्रतिशतका दरले कमाएका छन् भने सानिमा माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले २.७२ प्रतिशतका दरले कमाएका छन् ।

















