Dhulikhel Eco Banner new

दोहोरो अकंले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो

247
shares

काठमाडौँ, ५ भदौ । शुक्रवार शेयर बजार दोहोरो अकंले घटेको छ । शेयर बजार १०.६७ अंकले घटेर २६१८.७२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७० कम्पनीको शेयर मूल्य बढेको छ । १९८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब १६ करोड कारोबार भएको हो ।

दोहोरो अकंले घटेको शेयर बजारमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.३१ प्रतिशतका दरले गुमाएका छन् ।