Dhulikhel Eco Banner new

काठमाडौं फर्कियो भैरहवा उडेको बुद्ध एयरको जहाज

5.59K
shares

काठमाडौं, २५ साउन । काठमाडौंबाट भैरहवाका लागि उडेको बुद्ध एयरको काठमाडौँ नै फर्किएको छ । जहाजमा प्राविधिक समस्या देखिए पछि काठमाडौं फर्किएको कम्पनीले जनाएको हो। दिउँसो १ः५८ बजेट बुद्धको एयरको एन–एएनपी जहाज भैरहवाका लागि उडेको थियो ।

तर, उडान लगत्तै जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको कम्पनी जनाएको छ । जहाजमा रहेका यात्रुलाई अर्को जहाजबाट भैरहवा पठाउन लागिएको जनाइएको छ ।

सो जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको समेत कम्पनीले जनाएको छ ।