शेयर बजारमा १४ अंकको सुधार, कारोबार रकम २ अर्ब ९९ करोड
वि.सं.२०८० साउन २८ आइतवार १५:०४
6.6K
shares
shares

काठमाडौं, २८ साउन । कारोबारको पहिलो दिन आज शेयर बजारमा सुधार आएको छ । आज आइतबार १४ दशमलव ८१ अंकको सुधार आएको छ । आज १४ अंकले बढेको शेयर बजार २०८० दशमलव ८६ विन्दुमा पुगेको छ ।
आज २७१ कम्पनीका ९६ लाख ६८ हजार ६८३ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ९९ करोड ७९ लाख ९० हजार ३४० रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गको कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ३ दशमलव ९१ अंकको सुधार आएको सेन्सेटिभ इन्डेक्स ३९८ दशमलव ०७ विन्दुमा पुगेको छ ।


















