वृद्धभत्तामा व्यापक अनियमितता, मृत्यु भएका व्यक्तिले कसरी लिए पैसा ?
वि.सं.२०७९ जेठ १० मंगलवार १९:४८
shares

खोटाङ, १० जेठ । खोटाङमा सामाजिक सूरक्षाभत्तामा व्यापक अनियमितता भएको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सामाजिक सुरक्षाभत्तामा व्यापक अनियमितता भएको खुलासा भएको हो ।
वडामा आर्थिक वर्ष २०७४ सालदेखी आर्थिक वर्ष २०७६÷७७ आर्थिक वर्षमा सामाजिक सुरक्षाभत्ता दुरुपयोग भएको प्रमाण बाहिरिएको छ । विभिन्न सञ्चार माध्याम तथा सामाजिक सञ्जालमा यो विषय व्यापक बनिरहेको छ । सामाजिक सुरक्षाभत्तामा व्यापक अनियमितता भएको गोप्य सुचना आएपछि सत्यतथ्य बुझ्न वडामा गएर सूचना माग्दा सूचना दिनै आलटाल गरिएको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम आएको सूचना अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेलमा सामाजिक सुरक्षाभत्ता अनियमितता भएको पाइएको हो । जसअनुसार एउटै व्यक्तिको नाम दुई÷दुई ठाउँमा उल्लेख गरेर सामाजिक सुरक्षाभत्ता बुझेको पाइएको छ ।
मृत्यु भएका, दोहोरो नाम गरेका, नागरिकता नम्मर एउटै तथा विवरणमा नाम नभएकाहरूलाई समेत सामाजिक सुरक्षाभत्तामा समावेश गरेर रकम बुझेको देखिएको छ । एउटै नाम नागरिकता नम्मर उल्लेख गरेर तुलसादेवी आचार्य, तुलसा आचार्य, देउबहादुर देउजा, नरमायाँ आचार्य, मिनाकुमारी श्रेष्ठ, बिष्णुमायाँ आचार्य, मोहनकुमारी राजभण्डारी र मुत्यु भैसकेका रत्नप्रसाद आचार्य लगायतको नाम उल्लेख गरेर सामाजिक सुरक्षाभत्ताको रकम त्यहाँका जनप्रतिनिधी र वडा सचिवको मिलेमतोमा रकम बुझेको पाइएको हो ।
तर यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नीलमकुमार न्यौपानेले भने यो प्रचार र हल्ला मात्रै भएको दाबी गरेका छन् । ‘यो कुरामा कुनै वास्तविकता छैन्, हल्लाको पछि लाग्ने देश भएकाले यो पनि हल्ला मात्रै हो,’ न्यौपानेले भने । अहिले विषय बाहिर आएर हल्ला भए पछि आन्तरिक रुपमा छलफल भइरहेको र प्रमाणीत भए कानुन बमोजीम कार्वाही हुने उनले बताए ।
यता, सोही वडाकी निर्वतमान वडा सदस्य अन्जना के.सीले (हाल निर्वाचित महिला सदस्य) ले विधुवा भत्तासमेत बुझिलिएको पाइएको छ । एउटै व्यक्तिले दुई तिरबाट भत्ता लिन नपाइने कानुनी व्यवस्था रहेको छ ।


















