एलिना र प्रतापको स्वरमा चिन्तामणिले ल्याए ‘सुगा नाच्छे पिँजडामा’
वि.सं.२०८० असोज १२ शुक्रवार १२:५०
shares

काठमाडौं, १२ असोज । एलिना चौहान र प्रताप दासको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ‘सुगा नाच्छे पिँजडामा’ ।
अहिले चर्चामा रहेका गायक गायिकाले गाएको गीतमा शब्द रचना रहेको छ राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको ।
लामो समयदेखी कलम चलाउदै आएका शिवाकोटीको ‘सुगा नाच्छे पिँजडामा’ बोलको गीतमा युवा पुस्ताको प्रेमभाव झल्किन्छ । यस अघि उनका थुप्रै गीत रेकर्ड भैसकेका छन् ।
उनकाे एक वर्ष अघि ‘पत्थरको मुटु’ गीती संग्रह प्रकाशित भएको थियो । फुर्सदको समय साहित्यलाई दिने गरेका शिवाकोटीका हिमालबाट हिउँ पग्लि, चुपचाप मन पराएँ, पानी दर्केरलगायतका दर्जनाै गीत सार्वजनिक भैसकेको छ ।
अहिले सार्वजनिक भएको गीतको भिडियो पनि आकर्षक बनेको छ । पुष्प खड्का र गरिमा शर्माको अभिनय रहेको भिडियो निर्देशन कृष्णदेव रुपाखेतीले गरेका छन् भने संगीत अर्जुन पोखरेलको रहेको छ ।



















