एकदिन पनि टिकेन शेयर बजारको हरियाली, कारोबार रकममा पनि गिरावट
वि.सं.२०८० असोज १८ बिहीवार १५:०९
8.96K
shares
shares

काठमाडौं, १८ असोज । हिजो केही अंकको सुधार आएको शेयर बजार आज फेरी पनि ओरालो लागेको छ । आज ११ दशमलव ०४ अंकले गिरावट आएको शेयर बजार परिसूचक १९५६ दशमलव ९२ विन्दुमा पुगेको छ ।
बिहीबार २८० कम्पनीका ३५ लाख ६२ हजार ६२४ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब १० करोड ६५ लाख १९ हजार ४१८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज १ दशमलव ५३ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३७३ दशमलव ३७ विन्दुमा पुगेको छ ।



















