कास्कीको हेम्जामा एनएमबी लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम
लघुवित्तबाट ऋण लिएर अटोमा लगानी
वि.सं.२०८० असोज १८ बिहीवार १५:०७
shares

काठमाडौं, १८ असोज । कास्की हेम्जाकी निरा गुरुङ सामान्य परिवारकी व्यक्ति हुन् । आम्दानीको गतिलो स्रोत थिएन । केही त गर्नै प¥यो । के गर्ने परिवारका सदस्यसंग सल्लाह गरिन् के गर्ने ? एउटा भ्यान किनेर चलाउने सहमति भयो । यता उता बुझे ‘कमाई राम्रै हुने रहेछ ।’ किन्न त किन्ने तर, कसरी फेरि अर्को समस्या आयो । पुरै भ्यान किन्ने पैसा थिएन । फेरि परिवारकै सदस्यहरुविच छलफल हुँदा उपाय निस्कियो वित्तिय संस्थाबाट लोन लिएर काम गर्ने ।
एनएमबी लघुवित्तले सवारी साधनका लागि ऋण दिएको जानकारी पाएपछि निरा समुहका साथीहरुसंग छलफल गरेर प्रकृया बुझ्न भन्दै लघुवित्तको कार्यालय पुगिन् । प्रकृया पुरा गरेपछि ऋण पाउन समस्या रहेनछ । उनलै नियमपूर्वक सहजै ऋण निकालिन । उनी समयमै किस्ता बुझाउने मध्येमा पर्छिन् । नियमित किस्ता तिर्न कुनै समस्या नभएको उनको भनाई छ । एक वर्ष अघि संस्थामा जोडिएकी उनी बैंकहरुको बारेमा आफुलाई केही पनि जानकार नभएको बताउँछिन् । वित्तीय साक्षरता अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हाल २ लाख ऋण लिएर अटोमा लगानी गरेको बताएकी हुन् । उनले यो अवस्थामा पनि ऋणको किस्ता तिर्न गाह्रो नभएको बताइन् ।
एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्कीको हेम्जामा आफ्ना सदस्यहरुलाई वित्तीय चेतना पुर्याउँने हिसाबले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागीहरुले आफुलाई लागेको जिज्ञासा राखेका थिए । कार्यक्रममा उपस्थित महिलाहरुले ब्याजदर कम गराउँने कुरामा जोड दिनुपर्ने, लघुवित्तबाट ऋणको दायरा बढाउँनुपर्ने जस्ता सुझावहरु दिएका थिए । सोहि कार्यक्रममा उपस्थित अन्यले लघुवित्तले आफ्नो आर्थिक अवस्था सुधार्न ठुलो भुमिका निर्वाह गरेको बताए ।
एनएमबी लघुवित्तकी सदस्य गिता गुरुङले व्यक्तिबाट ऋण महंगो पर्ने भएकाले लघुवित्तबाट ऋण लिएको बताइन् । त्यस्तै हेम्जाकै राधा भण्डारी एक रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी छिन् । व्यक्तिसँग ऋण लिन झन्झट भएको बेलामा लघुवित्तले राम्रो काम गरेको बताउँछिन् ।
कार्यक्रममा एनएमबी लघुवित्तका विभागीय प्रमूख भुवन फुलराले महिलाहरु वित्तीय रुपमा सचेत हुनुपर्ने बताएका थिए । उनले वित्तीय चेतना भनेको व्यवहारमा देखिनुपर्ने समेत उल्लेख गरे । पछिल्लो समय लघुवित्तको स्थिती थोरै बिग्रीएको भन्दै उनले आफुलाई हेरेर अगाडि बढ्नुपर्ने बताए । ‘कसैले पनि साथीको लागि आफन्तको लागि भने ऋण नलिनुस् यदि आफुलाई आवश्यक परेको छ भने मात्रै लिनुस् ।’ उनले भने ।
कार्यक्रममा उनले मोबाइल बैंकिङको प्रयोग गर्दा एकदमै ध्यान दिनुपर्ने बताएका थिए । उक्त कार्यक्रममा एनएमबी लघुवित्तका सामाजिक सेवा विभागका आनन्दराज पौडेल उपस्थित भएका थिए ।



















