फोनेपेको सीईओमा दिवस कुमार पुनः नियुक्त
वि.सं.२०८३ वैशाख ७ सोमवार १७:१९
shares

काठमाडौं, ७ वैशाख । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमार थप चार वर्षका लागि पुनः नियुक्त भएका छन् ।
सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका कुमारसँग बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार तथा फिनटेक क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव रहेको छ । उनी फोनेपेको प्रारम्भिक टोलीका सदस्यसमेत हुन् ।
उनले प्रमुख प्रविधि अधिकृत (सीटीओ) को भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका थिए । सीईओको जिम्मेवारी सम्हालेपछि कुमारको नेतृत्वमा फोनेपेले उल्लेखनीय वृद्धि हासिल गरेको छ ।



















