Dhulikhel Eco Banner new

नेप्सेमा मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर सूचीकृत

949
shares

काठमाडौं, ७ वैशाख । मिथिला लघुवित्त वित्तीय संस्थाको १४ दशमलव २५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको ३ लाख १९ हजार १०४ दशमलव ७४ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

सूचीकृत भएको उक्त बोनस शेयर भोलिदेखि दोस्रो बजारमा कारोबारका लागि उपलब्ध हुने नेप्सेले जनाएको छ। बोनस शेयर सूचीकृत भएसँगै कम्पनीका लगानीकर्ताले आफ्नो डिम्याट खातामा शेयर प्राप्त गरी कारोबार गर्न सक्नेछन्।