Dhulikhel Eco Banner new

‘परम्परा धान्न मात्रै दशैं मनाउँदै छु ’

7.79K
shares

काठमाडौं, २८ असोज । यसपालीको दशैं उपभोक्ताका लागि असाध्यै कष्टकर भएको महसुस् गरेका छन् राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले । बजारमा देखिएको बेथिती र महंगीले उपभोक्ता मारमा परेको अनुभव गरेका महर्जन यसपाली सर्वसाधारणका लागि दशैं दशा जस्तै भएको बताउछन् ।

परिवारका जेष्ठ सदस्य हुन् । परिवारका सदस्यले कुलको थकाली भन्छन् उनलाई । सनातनदेखी मान्दै आएको परम्परा धान्ने काम अहिले उनकै काँधमा छ । यसपाली विगतको भन्दा पनि सामान्य पाराले मनाउने योजनामा छन् उनी । रिती रिवाज र धार्मिक परम्परा धान्ने मात्रै काम गर्ने उनको योजना छ ।

नेवार समुदायमा दशमीको दिनमा आफ्नै घरमा टिका लगाउने चलन छ । उनी परिवारका सबै भन्दा जेष्ठ सदस्य भएकाले प्राय सबै जना टिका लगाउन उनकै घरमा आउछन् ।

नेवार समुदायमा दशैंमा टिका लगाएर दक्षिणा दिने चलन थिएन । अहिले अन्य समुदायमा जस्तै नेवारी समुदायमा पनि टिका लगाएर दक्षिणा दिने चलन सुरु भएको छ । ‘मेरो बुबाले त टिका लगाएर दक्षिणा दिनु भएन मेरो पालामा हाम्रो घरमा पनि सुरु भयो ।’ उनले भने ‘हामीले पनि बाहिरका कुरा सिक्यौं ।’ तर, महर्जनले कसैलाई पनि एकसय रुपैयाँ भन्दा बढी दक्षिणा दिँदैनन् ।

परिकार

दशैंमा मासु त अनिवार्य भै हाल्यो । अष्टमीको दिन छोयला बजी खाने चलन छ भने दशमीको दिन टिका लगाएर खाना खुवाउने चलन हुन्छ । पूर्णिमाको दिन भक्तपुरमा रहेको नवदुर्गा भवानीको पूजा गर्न जाने चलन हुन्छ । २५ वर्षदेखी नवदुर्गाको दर्शन नियमित गर्दै आएका महर्जन यसपाली पनि नवदुर्गा दर्शन गर्न जाने योजनामा छन् ।