Dhulikhel Eco Banner new

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री नर्भिक अस्पतालमा

4.16K
shares

काठमाडाैं, ३० असाेज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल गएका छन् । मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा पुगेर स्वास्थ्य चेकजाँच गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

‘नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीज्यु नर्भिक जानुभएको हो । परीक्षण सकेर निवास फर्कनुहुन्छ’, सल्लाहकार आचार्यले भने ।