Dhulikhel Eco Banner new

दशैंलाई खसी चाहिएको छ ? खाद्य संस्थान जानुस् (फोटोफिचर)

5.21K
shares

काठमाडौं, ३० असोज । हिन्दुहरुको महान चाड दशैं सुरु भए लगत्तै काठमाडौंलगायत मोफसलका शहरमा चहल पहल सुरु भएको छ । बजारमा खुलेका फेन्सी स्टोरदेखि खाद्य पसलहरुमा समेत उत्तिकै भिड लागेको छ ।

दशैंमा घरमै घोर्ले खसी काटेर खाने परम्परा रहेकाले काठमाडौंमा जिउदो खसी, बोका र च्याङ्ग्राको खपत हुने गर्छ । उपभोक्ताको त्यहि चाहना पूरा गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीबाट खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने गरेको छ । मुलुकका विभिन्न भुभागबाट ल्याइएको खसी, बोका र च्याङ्ग्रा जोसुकैले छानी छानी किन्न पाउने व्यवस्था छ ।

कम्पनीले जिउँदो खसीको मुल्य ६७० रुपैयाँ तोेकेको छ भने च्याङ्ग्राको मूल्य प्रतिकिलो १२ सय ५० रहेको छ । कम्पनीबाट बिक्री गरिने खसी, बोकोको स्वास्थ्य परिक्षण समेत गरिने भएकाले तुलनात्मक रुपमा स्वस्थ्य मानिन्छ ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले मगलबार बिहान ८ बजेदेखि कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी, बोका र च्याङग्रा बिक्रि सुरु भएको जानकारी दिइन् । यस दशैँका लागि कम्पनिले २ हजार खसीबोका र १ हजार वटा च्याङ्ग्रा ल्याएको छ । हेरौं केही तस्विर :

 

तस्विर : रासस