Dhulikhel Eco Banner new

नाफिज-शारदा-ढुण्डीराज आर्थिक पत्रकारिता पुरस्कार श्रेष्ठलाई

12.06K
shares

काठमाडौं, १८ कात्तिक । १ लाख रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कार प्रयास श्रेष्ठलाई प्रदान गरिएको छ । नाफिज-शारदा-ढुण्डीराज आर्थिक पत्रकारिता पुरस्कार आर्थिक पत्रकार श्रेष्ठलाई लाई प्रदान गरिएको हाे ।

शनिबार काठमाडौंमा आयाेजित विशेष समाराेहबीच अर्थमन्त्री डा. प्रकासशरण महतले १ लाख राशीकाे पुरस्कारको प्रमाणपत्र र चेक हस्तान्तरण गरे ।

बैंक तथा बीमा क्षेत्रका विज्ञ रमेशकुमार भट्टराईले आफ्ना बुवा ढुण्डिराज भट्टराई र आमा शारदादेवी भट्टराईका नाममा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) मा १० लाख रुपैयाँको अक्षय काेष स्थापना गरेका थिए । उक्त काेषबाट गत वर्षदेखि १ लाख रुपैयाँको आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्न सुरु गरिएको थियाे ।