विश्व प्रसिद्ध जानकी मन्दिरमा ३५ हजार दीप प्रज्ज्वलन
वि.सं.२०८० कात्तिक २७ सोमवार ११:४६
shares

जनकपुरधाम, २७ कात्तिक । विश्व प्रसिद्ध जनकपुरको जानकी मन्दिरमा दिपावलीको अवसरमा ३५ हजार दीप प्रज्ज्वलन गरिएको छ । आइतबार साँझ तिहार (दिपावली) को अवसरमा जनकपुरधामवासीले ३५ हजार दीप प्रज्ज्वलन गरी दिपावली मनाएको हो ।
दीपावलीको उपलक्ष्यमा ३५ हजार दिप प्रज्ज्वलन गरिएको जानकी मन्दिरका छोटे महन्त राम रोशन दासले जानकारी दिए । उनले अब प्रत्येक वर्ष यसरी नै दीपावलीमा जानकी मन्दिरमा दिप प्रज्ज्वलन गर्ने बताए । जनकपुरधामवासी, स्थानीय युवा र श्रद्धालुहरुले दिप प्रज्ज्वलन गरेका छन् । शनिबार अयोधयाको राम मन्दिरमा पनि दीप प्रज्ज्वलन गरिएको थियो। । राम मन्दिरमा २४ लाख दीप प्रज्ज्वलन गरेर भारतले गिनिज बुकमा वल्र्ड रेकर्ड कायम गरेको छ ।



















