सेवोन कर्मचारी संगठनले भन्यो– विवादास्पद समाचारले मर्माहित छौँ
वि.सं.२०८० मंसिर १५ शुक्रवार १७:४८
shares

काठमाडौं, १५ मंसिर । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले धितोपत्रको सार्वजनिक निष्काशन तथा अनुमतिको सम्बन्धमा बारम्बार विवादास्पद समाचाले आफूलाई मर्माहत बनाएको बताएको छ । संगठनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले दिएको अनुमतिका विषयलाई लिएर विवादास्पद समाचार प्रकशन भएको भन्दै यस्तो बताएको हो ।
संगठनका अध्यक्ष नारायण पौडेल र सचिव राजकुमार पण्डितले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोर्डको स्थायी संयन्त्रको रुपमा रहेका कर्मचारीमा भय र त्रासको वातावरण सृजना भएको महसुस गरेका छौँ ।’
संवैधानिक अंग र विषयगत संसदीय समितिहरुबाट बारम्बार प्रश्न चिन्ह उठ्ने गरी काम भएको भन्ने आरोपले समेत कार्यालय त्राहिमाम बनेको विज्ञप्तिमा उल्लेख छ । बोर्डलाई व्यापारीक स्वार्थ समूह तथा तीनका विचौलियाहरुको प्रभावबाट जोगाउन र कर्मचारीको पेशागत हकहितको सुरक्षाका लागि संगठनले सार्वजनिक रुपमा सम्बद्ध सबै पक्षसँग अपिल समेत गरेको छ ।


















