Dhulikhel Eco Banner new

एक हप्ताको अन्तरमा ११ अंकले घट्यो नेप्से

5.24K
shares

काठमाडौं, १४ जेठ । यस साता नेप्से परिसूचक ११ अंक घटेर बन्द भएको छ । गत साता २२३५.०९ विन्दुमा बन्द भएको नेप्से, यस साता ११.३१ अंक घटेर २२२३.७८ विन्दुमा पुगेर कारोबार हुन अन्तिम दिन शुक्रबार बन्द भएको हो ।

कारोबार हुने हप्ताको पाँच दिनमध्ये तीन दिन नेप्से घेटेको थियो । यो हप्ता सेन्सेटिभ इण्डेक्स १.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक घटेको छ ।

नेप्सेसँगै, यस साता दैनिक औषत कारोबार रकम, कारोबार संख्या, शेयर संख्या पनि घटेको छ । गत साता दैनिक औषतमा १ अर्ब ३० करोडको शेयर खरिदबिक्री भएको बजारमा, यो हप्ता १ अर्ब १४ करोडको मात्र शेयर खरिदबिक्री भएको छ । गत साताको तुलनामा यस साता कारोबार रकम १२.५० प्रतिशत घटेको हो ।

त्यसैगरी, यस साता दैनिक औषत कारोबार संख्या १२.५६ प्रतिशत घटेको छ भने दैनिक शेयर संख्या १.०१ प्रतिशत घटेको छ । गत साता दैनिक औषतमा २२६ स्टकको कारोबार भएको बजारमा यस साता २२४ स्टकको शेयर कारोबार भएको छ ।

नेप्सेसँगै यस साता कुल बजार पूँजीकरणमा पनि गिरावट आएको छ । गत साताको तुलनामा यस साता कुल बजार पूँजीकरण १३ अर्ब घटेर ३१ खर्ब ६६ अर्बमा सीमित भएको छ ।