Dhulikhel Eco Banner new

ब्रोकर नं ९४ को कारोबार शुभारम्भ

3.93K
shares

काठमाडैं २५ मंसिर । के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ । सोमबार कुमारी बैक सञ्चालक समितिका अमिर प्रताप ज.ब.राणाले कम्पनीको कारोबार शुभारम्भ गरे ।

कार्यक्रममा के.बि.एल सेक्यूरिटिज तथा कुमारी बैक सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।
कारोबार सुभारम्भ गरेसँगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न के.बि.एल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए ।

के.बि.एल सेक्यूरिटिज कुमारी बैकको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सिमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।