लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस शेयर दिने
वि.सं.२०८० मंसिर २७ बुधवार ११:३१
5.81K
shares
shares

कठमाडौं, २७ मंसिर । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। हिजो बसेको बैठकले बैंकको हालको चुक्ता पूँजीको ८.३७ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको हो ।
बैंकले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस वितरण गर्ने भएको छ भने कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।















