Dhulikhel Eco Banner new

शेयर बजारमा २ अंकको सुधार, कारोबार रकममा भने केही गिरावट

4.75K
shares

काठमाडौं, २७ मंसिर । साताको शेयर कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा केही अंकको सुधार देखिएको छ । अघिल्लो कारोबारको दिन दोहोरो अंक ३६ ले बढेको शेयर बजार आज जम्मा २ अंकले बढेको छ । आज २ दशमलव ६० अंकले बढेको शेयर बजार १९८८ दशमलव ०४ विन्दुमा पुगेको छ ।

बुधबार २९२ कम्पनीका १ करोड २० लाख ९५ हजार ५३९ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार ५७० रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकममा केही गिरावट आएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ० दशमलव ९३ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३७५ दशमलव ३० विन्दुमा पुगेको छ ।