Dhulikhel Eco Banner new

६ अंकको सुधारसँगै यो साताको लागि बन्द भयो शेयर कारोबार

5.11K
shares

काठमाडौं, २८ मंसिर । साताको शेयर कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा केही अंकको सुधार देखिएको छ । अघिल्लो कारोबारको दिन २ अंकले बढेको शेयर बजार आज ६ अंकले बढेको छ । आज ६ दशमलव ५५ अंकले बढेको शेयर बजार १९९४ दशमलव ६० विन्दुमा पुगेको छ ।

बिहीबार ३०० कम्पनीका ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार ७५० रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा कारोबार रकममा केही गिरावट आएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज १ दशमलव ०६ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३७६ दशमलव ३६ विन्दुमा पुगेको छ ।