Dhulikhel Eco Banner new

प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रद शेयर दिने

6.24K
shares

काठमाडौं, २ पुस । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई १७ प्रतिशत हकप्रद शेयर दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।

्जीवन बीमा कम्पनीहरुका लागि बीमा प्राधिकरणले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ । साविकका महालक्ष्मी लाइफ र प्रभु लाइफ मर्ज भएर पनि प्रभु महालक्ष्मीको चुक्ता पुँजी ५ अर्ब पुग्न सकेको थिएन । १७ प्रतिशत हकप्रद दिए पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब माथि हुनेछ । हकप्रद जारी गर्न भने नियामक निकाय बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले अनुमति दिनुपर्नेछ ।