Dhulikhel Eco Banner new

मर्जरका लागि पार्टनर खोज्दै मञ्जुश्रीले बोलायो साधारणसभा, लाभांश पनि पारित गर्ने

5.71K
shares

काठमाडौं, ४ पुस । मञ्जुश्री फाइनान्सले मर्जरका लागि पार्टनर खोज्दैछ । कम्पनीले आगामी साधारणसभामा नै मर्जर सम्बन्धी प्रस्ताव पारित गर्ने तयारी गरेको छ । कम्पनीको सोह्रो वार्षिक साधारणसभा पुस २५ गते थापागाँउ व्याङ्वेटमा बस्दैछ ।

सभाले मर्जर तथा प्राप्ति र बैदेशिक रणनितिक साझेदारीमा जान गर्नुपर्ने सम्पुर्ण कामको लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ। यस्तै, सभामा कम्पनीले गत आर्थिक वर्षका कमाइबाट शेयरधनीलाई चुक्ता पूँजीको ५।२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाने छ। हाल फाइनान्सको चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ छ ।