गुडविल फाइनान्सको साधारणसभा माघ १५ गते हुने
वि.सं.२०८० पुस २२ आइतवार ११:१७
4.76K
shares
shares

काठमाडौं, २२ पुस । गुडविल फाइनान्स लिमिटेड –वित्तीय संस्था)को २९ औँ वार्षिक साधारणसभा माघ १५ गते हुने भएको छ ।
सञ्चालक समितिका अध्यक्ष विश्व प्रकाश सखको अध्यक्षतामा बसेको ४१५ औँ बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभा गुडविल कम्प्लेक्स् हात्तिसार काठमाडौँमा हुने कम्पनीका सचिव स्वयम्भू शाक्यले जनाकारी दिएका छन् ।
शाक्यका अनुसार सभा विहान ११ बजेदेखि सुरु हुने छ ।



















