Dhulikhel Eco Banner new

डेढ महिनामा निक्षेप एक खर्ब ४१ अर्बले बढ्यो

4.24K
shares

काठमाडौँ, २३ पुस । विगत डेढ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप एक खर्ब ४१ अर्ब रूपैयाँले बढेको छ । बैंकहरूमा तरलता यथावत रहेको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता खिचिरहे पनि अधिक तरलताको अवस्था यथावत नै छ।

कर्जा लगानी भने ५६ अर्ब रूपैयाँ मात्र बढेको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार गत मंसिर ५ गते बैंकहरूमा ५९ खर्ब ३५ अर्ब रूपैयाँ निक्षेप थियो। गत पुस १९ गते बैंकहरूमा निक्षेप ६० खर्ब ७६ अर्ब रूपैयाँ पुगेको छ।

त्यस्तै कर्जा लगानी ४९ खर्ब ७६ अर्ब रूपैयाँबाट बढेर ५० खर्ब ३२ अर्ब रूपैयाँ पुगेको छ। बैंकहरूसँग अझै पनि करिब ६ खर्ब चार अर्ब रूपैयाँ बराबर रकम कर्जा लगानीका लागि छ। बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने भए पनि हाल ८०।०५ प्रतिशत बराबर मात्रै कर्जा लगानी गरेका छन्।

बैंकहरूले पुस मसान्तपछि दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय भएकाले पनि उनीहरूले कर्जा लगानीभन्दा खराब कर्जा असुलीलाई प्राथमिकतामा राखिरहेका छन्।

व्यवसायीहरूले कर्जाको माग गर्नेभन्दा पनि ऋण तिर्नुपर्ने दबाब रहेकाले पनि कर्जा विस्तार हुन सकेको छैन।