साताको अन्तिम कारोबारको नेप्से ०.६२ अंकले घट्यो
वि.सं.२०८० पुस २६ बिहीवार १५:१०
3.82K
shares
shares

काठमाडौं, २६ पुस । साताको अन्तिम शेयर कारोबारको नेप्से ०.६२ अंकले घटेको छ । नेप्से घट्दा १२१ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको हो ।
यस दिन निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रापावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र हिमालयन रिको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यसैगरी आज मेघा म्युचुअल फण्ड–१, भुलोल इनर्जी डेभलपमेन्ट कम्पनी र सानिमा मिडल तमोर हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।



















