घलेम्दी हाईड्रोको दशौँ वार्षिक साधारणसभा सम्पन्न
वि.सं.२०८० पुस २९ आइतवार १६:३५
shares

काठमाडौं, २९ पुस । घलेम्दी हाईड्रो लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । घलेम्दी हाईड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा पुष २९ अर्थात आईतबार सासा बैंक्वेट नयाँबजार, काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७९÷८० को संचालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले लेखा परिक्षण प्रतिवेदन सहितका आर्थिक वर्ष २०७९÷८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरुमाथि छलफल गरी पारित गर्नुको साथै आर्थिक वर्ष २०८०÷८१ को लागि लेखा परीक्षकको नियुक्ति गर्नुको साथै निजको पारिश्रमिक निर्धारण गरिएको छ ।
कम्पनीले १:२ को अनुपातमा हकप्रद सेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ । हकप्रद सेयरबाट जम्मा भएको रकम ६३ मेगावाटको छुजुङखोला जलविद्युत आयोजनामा लगानी गर्नेछ ।















