रंगुन खोला हाईड्रोपावरले आईपीओ ल्याउने
वि.सं.२०८० माघ १६ मंगलवार १२:५३
3.91K
shares
shares

काठमाडौं, १६ माघ । रंगुन खोला हाईड्रोपावर कम्पनीले फागुन ९ गतेका लागि बार्षिक साधारणसभा गर्ने भएको छ । साधारणसभा पछि कम्पनीले सर्वसाधारणका लागि साधाण सेयर आईपीओ) निष्कासन गर्ने भएको छ ।
सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने र आईपीओ निष्कासन गर्ने निर्णय गरेको हो ।
सभाले आईपीओ निष्कास गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने लगायत प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ । सभाले पारित गरेपछि आईपीओ निष्कासन गर्ने प्रस्ताव कार्यान्वयन हुनेछ ।



















