Dhulikhel Eco Banner new

राष्ट्र बैंकले २५ करोड रकम मुद्दती निक्षेपमा राख्ने

4.1K
shares

काठमाडौं,२२ माघ । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंकमा निक्षेप राख्ने भएको छ । बैंकले २०८० फागुन ६ गतेदेखि २०८१ फागुन ५ गतेसम्म कुल ३६६ दिनका लागि योग्य बैंक तथा वित्तीय संस्थामा उक्त रकम एफडी(मुद्दती निक्षेप) मा राख्ने भएको हो ।

फागुन ६ गते जारी हुने निक्षेपका लागि २०८० माघ २३ गते बेलुका ७ बजेभित्र अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सूचना अनुसार कूल २५ करोडमध्ये २० करोड रुपैयाँ वाणिज्य बैंकहरुका लागि छुट्याइएको छ भने विकास बैंकहरुका लागि ३ करोड ७५ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीहरुका लागि १ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गरेको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने बैंकले जनाएको छ । निक्षेप चाहने बैंक तथा वित्त कम्पनीहरूले तोकिएको सर्त पुरा गरेको हुनुपर्नेछ ।