६ महिनामा निक्षेप संकलन ३७७ अर्ब ७ करोड रुपैयाँले बढ्यो
वि.सं.२०८० माघ २३ मंगलवार १३:५३
shares

काठमाडौं, २३ माघ । चालु आवको ६ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.६ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय स्थिति अनुसािर पुस मसान्तसम्ममा ३७७ अर्ब ७ करोड रुपैयाँले निक्षेप संकलन बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २१५ अर्ब १४ करोड (४.२ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ ।
६ महिनामा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.८ प्रतिशत, २६.८ प्रतिशत र ५९.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.८ प्रतिशत, २५.६ प्रतिशत र ६०.३ प्रतिशत रहेको थियो ।
पुस मसान्तमा कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । २०७९ पुस मसान्तमा पनि यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत नै रहेको थियो ।















