Dhulikhel Eco Banner new

धनुषामा भन्सार छली ल्याएको १० लाखको सामान बरामद

3.65K
shares

जनकपुरधाम, ९ फागुन । सशस्त्र प्रहरी धनुषाले १० लाख बराबरका भन्सार छलीका अबैध सामान बरामद गरेको छ ।

भन्सार छलेर ल्याइएका मदिरा, लत्ताकपडा तथा किरानाका सामानहरु गरी १० लाख २० हजार मूल्य बराबरका समानहरु नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं ८ गण हेडक्वाटर धनुषाका गणपति एसपी दर्शन गिरीको नेतृत्वमा उक्त सामानहरु बरामद गरिएको हो ।

भन्सार छली नेपाल तथा भारततर्फ लैजादै गरेका अवैध मालसामानहरु बरामद गरी भन्सार दाखिला गरिएको गणपति एसपी गिरीले बताए ।