Dhulikhel Eco Banner new

सबैको र साधना लघुवित्तको सातौं वार्षिक साधारण सभा सम्पन्न

15.82K
shares

काठमाडौं, १९ फागुन । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । वित्तीयको सातौं वार्षिक साधारणसभा शनिबार तनहुँ बन्दिपुर गाउँपालिका– ५ मा सम्पन्न भएको छ ।

लघुवित्तका अध्यक्ष नारायण प्रसाद जोशीको अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।  दुबै संस्थाको शेयर अनुपात रेसियो १ः१ मा मर्जर गर्ने भएको हो । मर्जर पश्चात नयाँ कर्यसमिति आउने भएको छ ।

मर्जर पश्चात नयाँ नाम सबैको साधना लघुवित्त वित्तीय संस्था बन्ने भएको छ । मर्जर पछि केन्द्रीय कार्यालय चितवनमा हुने भएको छ । मर्जरमा जान सबैको लघुवित्तले साधारणसभा समेत बोलाएको छ ।

सबैकोले फागुन १९ गते विहान ११ बजेट देखि तनहँको बन्दिपुर ५ मा साधारणसभा गर्ने भएको हो ।
साधानाको साधारणभाले (मर्जर) प्रयोजनको लागि गरिएको समझदारीपत्र, संयूक्त मर्जर समितिबाट भएका निर्णय पारित, दुबै वित्तीय संस्थाको व्यावसायीक योजना, चल अचल सम्पत्ति, दायित्व तथा कारोवारको मुल्यांकन, लेखा परिक्षकलगायतको निर्णय पारित गर्ने छ ।