Dhulikhel Eco Banner new

नयाँ सत्ता समीकरणले लगानीकर्ता उत्साहित, नेप्सेमा लाग्ये दोस्रो सर्किट ब्रेक

4.04K
shares

काठमाडौं, २१ फागुन । नयाँ सत्ता समीकरणको नेपाल स्टक एक्सेञ्जले खुलेर स्वागत गरेको छ । सत्ता समीकरण नयाँ बन्ने भएपछि लगानीकर्ता उत्साहित भएका छन् ।

सोमबार बजार पहिलो ३ मिनेट ३० सेकेण्डमानै ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ भने पहिलो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमानै नेप्से सूचक ५ प्रतिशत बढेपछि नेप्सेमा पुन दोस्रो सर्किट ब्रेक लागेको छ ।

त्रिशूली जलविद्युत कम्पनी लिमिटे, अरुण काबेली पावर लिमिटेड, त्रिशूली जलविद्युत कम्पनी लिमिटेडको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सक्रिट हानेको छ ।

दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से ९८.६९ अंकले बढेर २०५९ बिन्दुमा पुगेको छ । अब नेप्से ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने छ ।