Dhulikhel Eco Banner new

राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न ५० अर्ब बजारबाट तान्दै

4.38K
shares

काठमाडौं, २४ फागुन । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ तान्ने भएको छ । बिहीबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने भएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्न राष्ट्र बैंकले जनाएको छ । १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको राष्ट्र बैंकले बताएको छ ।

साँवा र ब्याज भुक्तानी मिति चैत ८ गते निर्धारण गर्ने छ भने ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुने बैंकले जनाएको छ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।