खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि ६.५१ प्रतिशत
वि.सं.२०८० फागुन २७ आइतवार १६:२८
shares

काठमाडौं, २७ फागुन । २०८० माघ महिनामा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि ६.५१ प्रतिशतले रहेको छ । २०८० माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धि ५.०१ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्य वृद्धि ७.८८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.८५ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.३३ प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.४१ प्रतिशतले घटेको छ ।
२०८० माघ महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धि ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मूल्य वृद्धि क्रमशः ८.४७ प्रतिशत, ७.८२ प्रतिशत, ७.३० प्रतिशत र ७.९२ प्रतिशत रहेको थियो ।


















