Dhulikhel Eco Banner new

साताको अन्तिम नेप्से २७.८४ अंकले घट्यो, परिसुचक २ हजारमा झर्यो

5.69K
shares

काठमाडौं, १ चैत । आज बिहिबार नेपाल इस्टक एक्सचेञ्ज (नेप्से) २७.८४ अंकले घटेको छ । आज नेप्से १.२३ प्रतिशतले घटेर २०८०.८७ विन्दुमा कायम भएको छ ।

आज ३०३ कम्पनीको ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयर किनबेच भएको छ ।

आज ३०३ कम्पनीको शेयर करोबार हुँदा ४४ कम्पनीको शेयर बढेको छ भने १९६ कम्पानीको शेयर घटेको छ । ४ कम्पनीको शेयर भने स्थिर रहेको छ । आज ६६ हजार १०७ पकट किनबेच भएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ३.८३ अंकले घटेको छ । सेन्सेटिभ इन्डेक्स १.२९ प्रतिशतले घटेर ३६९.८१ विन्दुमा कायम भएको छ । आज उपसमुहमध्ये सबै सुचक घटेको छ ।

आज शेयर बजार घट्दा पनि विन नेपाल लघुवित्त, मानुषी लघुवित्त र गुरास लघुवित्तको शेयरमा भने सकारात्मक सक्रिट लागेको छ ।