माउन्टेन इनर्जी नेपाल १५.७९ प्रतिशत लाभांश पारित
वि.सं.२०८० चैत १४ बुधवार १०:२४
shares

काठमाडौं, १४ चैत । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट १५.७९ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको १०औं वार्षिक साधारणसभाले उक्त लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशन नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभा र लाभांश प्रयोजनका लागि कम्पनीले फागुन ३० गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन २९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । वार्षिक साधारण सभाले अन्तिम स्वीकृति दिएसँगै धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात कम्पनीले बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिने बताएको छ ।
जतिसक्दो छिटो बोनस शेयर सूचीकरण गर्ने प्रतिवद्धता समेत कम्पनीले व्यक्त गरेको छ । १५ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ कायम हुनेछ ।
















