Dhulikhel Eco Banner new

बन्दिपुरहिल वैशाख १ गते देखि आंशिक सञ्चालनमा आउने

5.15K
shares

सुन्दरनगरि बन्दीपुरमा निर्माण भइरहेको पर्यटन पूर्वाधारयुक्त केबलकार गुरुयोजना बन्दिपुरिह्ल अन्तर्गतका बटम स्टेसनको बाँग बगैँचा, पार्क र रेस्टुरेन्ट नयाँ वर्षको दिन देखि सर्वसाधारणको लागी व्यवसायीक रूपमा खुल्ला गरिने भएको छ ।

५६ रोपनी क्षेत्रफलमा फैलिएको आकर्षक सो स्टेसन विधिवत् रूपमा वास्तु पूजा गरी आफ्नो सेवा पस्कन सम्पूर्ण रूपमा तयार रहेको कम्पनीका भाइस प्रेसिडेन्ट किरण पोख्रेलले बताए । ८६ करोड रुपैयाँमा निर्माण भएको सो बटम स्टेसनको आकर्षक उद्यान, रेस्टुरेन्ट, जिप लाइन, स्काई साईकिलिङ्ग लगायतका सेवा र जङ्गली जनावरको म्युजियम यस उद्यान भित्र रहेको छ । सो उद्यानमा प्रवेश गर्नको लागी प्रतिव्यक्ति २००, मोटर साइकल ३००, ट्याक्सी ५००, माइक्रो बस १००० र बस १५०० को रुपैयाँको टिकट लिनुपर्नेछ । सो टिकट बराबर नै अफरमा रेस्टुरेन्टको सुविधा फ्रिमा लिन सकिने व्यवस्था कम्पनीले गरेको जनाएको छ ।

बन्दिपुर केबलकार एण्ड टुरिजम लि। को ब्रान्ड बन्दिपुरिह्ल अन्तर्गतको केबलकार सेवा समेत १ गते देखि नै विधिवत् सञ्चालन हुनेछ, तर यसमा १ गते देखि भने सर्वसाधरणहरुको लागी खुल्ला नगरी आन्तरिक कार्यको लागी मात्र खुल्ला गर्ने कम्पनीले जनाएको छ । बन्दिपुरिह्ल अन्तर्गत बन्दिपुर केबलकार एण्ड टुरिजम लि। ३ अर्ब ५८ करोड, बन्दिपुर स्काई वाक एण्ड रिक्रियशन प्रा।लि। १ अर्ब ५३ करोड, बन्दिपुर बैंङ्क्विट एण्ड इभेन्ट प्रा।लि। ३७ करोड, सिद्ध गुफा रोपवेज प्रा।लि। ८७ करोड र मिनरलस् वाटर उद्योग ४ करोड गरी जम्मा ६ अर्ब ३९ करोड रुपैयाँको सम्पूर्ण परियोजना प्याकेज रहेको छ । सम्पूर्ण परियोजनाहरू सम्पन्न भई पूर्ण व्यवसायीक रूपमा सञ्चालनमा आउन भने अझै करिब २ वर्ष लाग्ने कुरा वित्तीय निर्देशक शिव प्रसाद शर्माले बताएका छन ।