Dhulikhel Eco Banner new

सशस्त्र प्रहरी बल धनुषाको १७ औँ वार्षिकोत्सवमा जानकी मन्दिरमा सरसफाइ

7.93K
shares

जनकपुरधाम । सशस्त्र प्रहरी बल धनुषा जनकपुरधाममा रहेको जानकी मन्दिर सरसफाइ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं । ८ गण हेर्ड क्वार्टर धनुषाले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसर पारेर जानकी मन्दिर सरसफाइ गरेको हो ।

सशस्त्र प्रहरीले १७ औँ वार्षिकोत्सवमा मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड बढेसँगै मन्दिर आसपास सरसफाइ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं। ८ गण हेडक्वाटर धनुषाका गणपति एसपी दर्शन गिरीले जानकारी दिएका छन् । साथै प्रहरीले अतिरिक्त क्रियाकलाप अन्तर्गत मन्दिर सरसफाइ गरिएको नं । ८ गण हेडक्वाटर धनुषाका एसपी गिरीले जानकारी दिए ।

सशस्त्र प्रहरीको १७ औँ वार्षिकोत्सवमा सरसफाइ कार्यक्रममा धनुषाका सिडियो रामु राज कडरीया, धनुषा प्रहरी एसपी भुवनेश्वर तिवारी, सशस्त्र प्रहरी १५० जना लगायतको उपस्थिति रहेको थियो ।