Dhulikhel Eco Banner new

प्रतितोला एक हजारले बढ्यो सुनको मुल्य

17.15K
shares

काठमाडौं, २ जेठ । स्थानिय बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला सात सय रूपैयाँले घटेको सुन–चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार रूपैयाँले बढेको छ।

मंगलबार छापावाला सुन प्रतितोला एक लाख ३७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियो।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १७ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।