Dhulikhel Eco Banner new

सौरभको निर्देशनमा आर्यन र रुविनाको ‘मेरी सानी’ सार्वजनिक

13.34K
shares

काठमाडौं, १९ जेठ । चलचित्र तथा म्यूजिक भिडियो छायांकनमा आफूलाई अब्बल साबित गरिसकेका सौरभ लामाको निर्देशनमा ‘मेरी सानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डीपी खनाल र साडु खनालको शब्द रहेको गीतमा रविन लिम्बुको स्वर, शंकर थापा ‘स्माइल’को संगीत छ ।
सौरभले यो गीतको भिडियोमा नायक आर्यन सिग्देल र नायिका रुविना थापालाई फिचरिङ गरेका छन् ।

आफ्नी मायालुसँग टाढा भएको एक प्रेमीले आफ्नी प्रेमिकालाई संझिएर यो गीत गाएका हुन् । हिमाल श्रेष्ठको छायांकन, सुरेश पाण्डेको कोरियोग्राफी, सौरभ लामाको डीओपी र निर्देशन, अर्जुन जीसीको सम्पादन यो भिडियोमा छ ।
नायक आर्यन सिग्देल र नायिका रुविना थापाको जोडीलाई यो म्युजिक भिडियोमा पनि दर्शकले रुचाउने अपेक्षा निर्देशक लामाको छ ।

नगदरहित समाज सिर्जना गर्न समर्पित रहेको नमस्ते पेले आधुनिक सेवाहरू प्रदान गरेर बैंक र डिजिटल रूपमा शिक्षित मानिसहरूलाई मात्र नभई बैंकविहीन जनतालाई पनि सेवाको पहुँच दिने उद्धेश्य लिएको छ ।