Dhulikhel Eco Banner new

सीमान्तकृत र अति विपन्न समुदायका विद्यार्थीलाई ६ कक्षादेखि नै छात्रवृत्ति

3.72K
shares

काठमाडौं, १५ जेठ । अब सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई कक्षा ६ देखि १२ सम्म छात्रबृत्ति दिने भएको छ।

पहिले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई मात्रै यस्तो छात्रवृत्ति दिइन्थ्यो। मंगलबार अर्थमन्त्री बर्षमान पुनले संसद्मा आगामी आवको बजेट प्रस्तुत गर्दै यसलाई बढाएको घोषणा गरेका हुन्।

यसले थप ४५ हजार विद्यार्थी लाभान्वित हुने छन्। सबै खाले छात्रवृत्ति वितरणका लागि ६० करोड रुपैयाँ छुट्टाएको उनले बताए।