Dhulikhel Eco Banner new

सुनको मूल्य निरन्तर उकालोतिर

4.58K
shares

काठमाडौं, १७ जेठ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुन तोलामा २ हजार तीन सयले वृद्धि भएको छ ।

बुधबार प्रतितोला १ लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४० हजार पाँच सय निर्धारण भएको छ, भने तेजाबी सुनको भाउ पनि बढेको छ ।

तेजाबी सुन बुधबार तोलामा १ लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज १ लाख ३९ हजार आठ सयमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा २ हजार दुई सय ५० ले वृद्धि भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा ७० ले वृद्धि भएको छ । बुधबार १ हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज २ हजारमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।