सडक विभाग र काठमाडौं महानगर प्रहरीबिच विवाद
वि.सं.२०८१ जेठ २१ सोमवार १४:३६
5.27K
shares
shares

काठमाडौं, २१ जेठ । न्युरोड क्षेत्रको सडकका विषयमा सडक विभाग र काठमाडौं नगर प्रहरीबिच विवाद भएको छ ।
काठमाडौं महानगरले फुटपाथ विस्तार गर्न भत्काएको न्यूरोड सडक विभागले टाल्न थालेपछि विवाद भएको हो ।
सोमबार बिहान सडक विभागले सडक पिच गर्न लागेपछि काठमाडौं महानगरको प्रहरीले अवरोध गरेको छ ।
विवाद मिलाउन अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरूबिच यस बिषयमा न्युरोडमा छलफल भइरहेको छ ।















