Dhulikhel Eco Banner new

एमाले सदस्यता नविकरणमा देशकै पहिलो जिल्ला बन्योे उदयपुर

4.6K
shares

उदयपुर । नेकपा एमाले उदयपुर देशभरमै संगठित सदस्या नविकरण गर्नेमा पहिलो जिल्ला बनेको छ । नेकपा एमालेका अध्यक्ष भागवत राउतका अनुसार २०८१ सालको पार्टी सदस्यता नबिकरण गर्ने क्रममा उदयपुर जिल्ला पहिलो भएको हो ।

२०८१ सालको संगठित सदस्यता नविकरण गर्ने जिल्लाहरुमा उदयपुर पहिलो भएको नेकपा एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीलाई उदृत गर्दै अध्यक्ष राउतले बताउनु भयो ।
अध्यक्ष राउतका अनुसार २०८० सालमा ३२२४ जना एमालेको संगठित सदस्यता रहेकोमा यो बर्ष मात्र दुई हजार चार सय २९ जना नयाँ थप भएका छन भने ९ जना विभिन्न पार्टी परित्याग गरि समायोजन भएका छन ।

अघिल्लो बर्षको तिन हजार २ सय २४ मा २ हजार ९ सय ४७ जनाले सदस्यता नविकरण गरेका छन । हाल एमालेका संगठित सदस्यताको संख्या नविकरण गरेका र नयाँ गरी ५ हजार ३ सय ९५ जना पुगेको छन ।

जसमा १ हजार ६ सय ३५ जना महिला र ३ हजार ७ सय ६० जना पुरुष सदस्य रहेको एमाले उदयपुरका सचिव टेक बहादुर राउतले जानकारी दिनु भयो ।

पार्टी सदस्यता नविकरण र नयाँ स्वीकृत गर्ने जिल्लामा पहिलो बनेपछि एमाले अध्यक्ष राउतले पार्टी काममा खट्ने सबैलाई धन्यवाद दिनु भएको छ भने आईटी बिभाग प्रमुख खड्ग खडकालाई विशेष धन्यवाद दिनु भएको छ ।

एमाले राउत चैतको दोस्रो साता अध्यक्षमा निर्वाचित बन्नु भएको थियो । अध्यक्षमा निर्वाचित भएपछि छोटो समयमा नै देखिने गरी सदस्यता नविकरण र नयाँ सदस्य विस्तार गर्न सफल भएकोमा समग्र उदयपुर एमाले कार्यकताहरुले अध्यक्ष राउतको पं्रशसा गरेका छन ।