सामान्य अङ्कले बढ्र्यो नेप्से परिसूचक
वि.सं.२०८१ जेठ २२ मंगलवार १६:०६
shares

काठमाडौं, २२ जेठ । मंगलबार शेयर बजार सामान्य अङ्कले बढेको छ । सोमबार ३ दशमलव ९७ अङ्कले घटेर २ हजार ७९ दशमलव शून्य सात विन्दुमा पुगेको शेयर बजार नेप्से परिसूचक आज ६ दशमलव २२ अङ्कले बढेर २ हजार ८५ दशमलव ३० विन्दुमा पुगेको छ ।
मंगलबार हाइड्रोपावर, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार, माइक्रोफाइनान्स, बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
मंगलबार ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर भने साढे ५ प्रतिशतले घटेको छ ।
आज ३ सय १५ वटा कम्पनीका ८३ लाखभन्दा धेरै कित्ता शेयर ४ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २० करोड ९२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
















