बजेटले सबै क्षेत्रलाई समेटेको छ : अर्थमन्त्री शर्मा
वि.सं.२०७९ जेठ २० शुक्रवार १५:१९
shares
फाइल फोटो
काठमाडौं, २० जेठ । अर्थमन्त्री जनार्दन शर्माले बजेटले सबै क्षेत्रलाई समेटेको दाबी गरेका छन् । शुक्रबार संसदमा बजेटको छलफलमाथी सांसदहरुले उठाएको प्रश्नको जबाफमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
बजेटले शिक्षा, स्वास्थ्य, रोजगारीका साथै उत्पादनमा वृद्धि गर्नेगरी नीतिहरु लिइरहेको अर्थमन्त्री शर्माले भने । सांसदको प्रश्नको उत्तर दिनेक्रममा मन्त्री शर्माले बन्द रहेका उद्योगहरु सञ्चालन गर्ने नीतिका साथ बजेट ल्याएको बताइएका छन् । बन्द रहेका कपडा, चीन लगायतका उद्योगहरु सञ्चालन गर्ने गरि काम भइरहेको मन्त्री शर्माले बताए ।
यसका साथै ठूला जलविद्युत आयोजनाहरु बनाउने कामको सुरुवात नै गरिने मन्त्री शर्माले भने । उत्पादन बिना देशको विकास सम्भव नहुने भएकाले सरकारले उत्पादन वृद्धिलाई महत्वका साथ अगाडि बढाएको मन्त्री शर्माको भनाई छ ।

















