Dhulikhel Eco Banner new

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

3.22K
shares

काठमाडौं, ११ असार । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो ।

अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा विनियोजन विधेयक २०८१ पारित गर्ने प्रस्ताव पेस गरेका थिए। उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो । सरकारले गत जेठ १५ गते संसद‍‍्मा बजेट प्रस्तुत गरेको थियो ।

बजेटसँगै प्रस्तुत हुने अन्य आश्रित विधेयक अर्थ विधेयक तथा ऋण तथा जमानत सम्बन्धी विधेयक भने पारित हुन बाँकी छ।

बजेट पारित हुनुअघि संसदमा लगातार मन्त्रालयगत छलफल चलेको थियो। छलफलमा उठेका प्रश्नमा मन्त्रीहरू र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जबाफ दिएका थिए।