Dhulikhel Eco Banner new

सुनको मुल्य तोलामा एक हजार रुपैयाले वृद्धि

3.78K
shares

काठमाडौं, १४ असार । स्थानीय बजारमा शुक्रबार पहेलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो ।

बिहीबार तोलामा १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार तोलामा १ हजार बढेर १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तै शुक्रबार चाँदीको पनि मूल्य पनि बढेको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार चाँदीको मुल्य १० रुपैयाले मूल्य बढेर बिहीबार १ हजार ७९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।